आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७६ फागुन १५ गते विहीबार तदनुसार इवीसम्वत २०२० फेब्रुअरी २७ तारिक, चतुर्दशी तिथि, रेवती नक्षत्र, सूर्य कुम्भ, चन्द्रमा मीन राशीमा छन्, सुर्योदय विहान ०६ः३३–सुर्यास्थ बेलुकी १८ः०२ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा पश्चिम र उत्तर र उत्तम समय विहान १०ः५२ देखि दिउँसो ०३ः०८ सम्म रहनेछ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय उपयुक्त छ, आम्दानीका स्रोत बढ्नेछन्, यात्राको समय छ, काममा जश तथा शुभ समाचार प्राप्ती रहला ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा गडवडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने झमेला बढ्ने छ, अशुभ समाचा प्राप्ती रहनेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) समय उपयुक्त देखिन्न, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ, छोराछोरीसँग विवाद राज्यपक्षबाट असहयोग हुने समय छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) काममा ढिला सुस्ती हुनेछ, सामाजिक कार्यबाट अवजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम नै देखिन्छ, खर्च गरे अनुसारको प्रतिफल आउने छैन, काममा ढिला सुस्ती भए तापनि शत्रु माथि विजय हुनेछ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शत्रु बढ्ने खालको समय छ, कामले विस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त भनिएका व्यक्तिसँग झमेला, मन चञ्चल अशान्ति, भएता पनि दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *