प्याराग्लाईडिङ वर्ल्ड कप : तयारी तिब्र, ३० राष्ट्रका १ सय २५ खेलाडी सहभागी हुने

पोखरा, १९ माघ । पोखरामा हुने ‘प्याराग्लाईडिङ वर्ल्ड कप एशियन टुर २०२०’ तथा १९ औं नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको तयारी तिब्र पारिएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा आगामी फागुन ११ देखि १७ गते सम्म हुने उक्त प्याराग्लाईडिङ प्रतियोगिताको तयारी बारे आज (आईतबार) पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउनुका साथै नेपाल सरकारको भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजक योगेश भट्टराईले जानकारी दिए ।

उक्त प्रतियोगितामा नेपाल, अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फ्रान्स, जर्मन, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, जापान, भारत, कोरियालगायतका विभिन्न ३० राष्ट्रका १ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता ओभरअल च्याम्पियन, वुमेन्स च्याम्पियन, टिम च्याम्पियन र नेप्लिज च्याम्पियन गरी ४ विद्यामा सञ्चालन गरिने छ । ओभरअल तर्फ बिजेता दशौं स्थान हाँसिल गर्ने १० खेलाडी, वुमेन्स तर्फ प्रथम देखी पाँचौ स्थान सम्म, टिम च्याम्पियनमा प्रथम, द्धित्तिय र तृतीय तथा नेप्लिज च्याम्पियनमा पहिलो देखी पाँचौ स्थान हासिल गर्ने खेलाडीलाई क्रमश मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्याराग्लाईडिङ वर्ल्ड कपको सुपर फाईनलमा भाग लिन सक्ने संयोजक भट्टराईले बताए । वर्ल्ड कप फेडेरेशनले वल पाईलट र्याङ्किङको आधारमा सिफारिस पत्र प्राप्त गरेका खेलाडीहरुले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउने पनि उनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । यस्तै, प्रतियोगिता सम्पन्न गर्न भट्टराईको संयोजकत्वमा २३ सदस्यीय आयोजक समिती र ४ सदस्यीय सल्लाहकार समिती चयन गरिएको छ । भने विभिन्न १७ वटा उप-समिति समेत गठन गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *