पीपीएलको उपाधि चितवन राईनोजलाई, विराटनगर टाइटन्स ३२ रनले पराजित

पोखरा,  १२ पुष । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ । पोखरा क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँ पाएको छ ।

२ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पहि टिमलाई जित दिलाउन भने सकेनन् ।

यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए । चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाले समान १ विकेट हात पारे ।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले । दुवै ब्याट्सम्यानले समान ५०/५० रन बनाए । यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रन बनाए।

विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २र२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।

गत मंसिर २९ गतेदेखि शुरु भएको टी–ट्वेन्टी फ्रेन्चाईज प्रतियोगितामा ६ वटा टोली सहभागी थिए। चितवन र विराटनगरसहित पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढीले प्रतियोगितामा सहभागीता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *