आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७६ मंसिर २२ गते आइतबार तदनुसार इवीसम्वत २०१९ डिसेम्बर ८ तारिक, एकादशी तिथि, अश्विनी नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा मेष राशीमा छन्, सुर्योदय विहान ०६ः४३ – सुर्यास्थ बेलुकी १७ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा पूर्व र उत्तम समय विहान १०ः००—१२ः१० सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय अनुकुल हुनेछ, दैनिक कार्यहरुमा लाभ, कारोवारमा सुधार तथा गन्यमान्यको सहयोग मिल्ने छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पठन पाठन कार्यमा समस्या रहन सक्छ, व्यापार व्यवसायमा सफल्ता मिल्नेछ कुटुम्भजनबाट धोका रहन सक्छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ कार्य थालनिको समय छ, गन्यमान्यको सहयोगले हौसला बड्नेछ, आरोग्यताका कार्य सफल, प्रेममा उल्लेखनिय प्रगति होला ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा सुधार, कारेबारमा केही लाभदायक छ,नयाँ ठाउँको यात्रा तथा मनमस्तिकमा केही आलश्यता आउने छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन अध्यापनमा क्रमिक सुधार हुनेछ, व्यवसायबाट लाभ प्राप्ति रहला, शुभ समाचार प्राप्तिको योग छ

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) शत्रुबाट सजक रहनुपर्ने समय छ , स्वास्थ्यमा समस्या थपिने देखिन्छ, सानो तिनो चोटपटक भयको योग छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन तथा व्यावसायमा सफल्ता मिल्नेछ,उपहार वा चिठ्ठा पर्ने सम्भावना छ, नयाँ कार्यको थालती गर्ने समय छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समय खराब छ, सजक भएर दिन चर्यमा लाग्नु वेश हुनेछ, स्वास्थ्य, व्यपार, व्यवसायमा समस्या रहला ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वाद विवाद अर्थात झमेलामा फस्ने खालको दिन छ, कम बोल्दा उपयुक्त हुनेछ, कारोवारमा क्रमिक सुधार रहला ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ कार्यको थालनी गर्ने खालको समय छ, पठनपाठनमा सफल्ता मिल्नेछ, व्यापार व्यवसायमा लाभ हुने देखिन्छ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीको मार्ग खुल्नेछ, धार्मिक समाजिक कार्यमा सफल्ता मिल्नेछ, आफन्तजनको सहयोग वड्ने देखिन्छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अप्रत्यासित खर्च वढ्नेछ, विवाद वा झमेलामा फस्ने खालको दिन देखिन्छ, कारोवारमा वहुत सजक रहनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *