तीन दाजुभाईको दशैंतिहार गीत सार्वजनिक

काठमाडौं,५ असोज । नेपालीहरुको महान पर्वहरु दशैँ , तिहार नजिकिएसँगै दशैंतिहार सम्बन्धि धेरै गीतहरु सार्वजनिक भैरहेका छन् । यसैमा गायक टिका मगरको चाड पर्ब बिशेष गीत दशैंआयो तिहार आयो सार्वजनिक भएको छ ।

शुक्रबार हाइलाइट्स नेपालबाट सार्वजनिक गीतमा उनका आफनै दाइहरु निर्मल मगरको शब्द र मोहन मगरको संगीत रहेको छ भने रोशन बान्तवाको संगीत संयोजन रहेको छ । गोपाल ,सागर ,रकी ,प्रविन लगायतका साथीहरुको अभिनय रहेको भिडियोलाइ निर्देशन मोहन मगरले नै गरेका हुन्। दिपक गिरीको क्यामेरा र निशान एस के को सम्पादन रहेको भिडियोलाई एम आर क्रियशनले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *