तस्वीरमा कविता


भोक रोग हो
मकैको झुत्तो
गुफाको बीज
यो संसारको सान
नेपालको यो तस्वीर
नेपाल झुपडीमा बस्छ
डोको भरी आस्था बोकेर


सिस्नोको साग होस या खोलेको
दशैपर्वहरुमा सुकाएको सुकुटी होस या गुन्द्रुक
पिर्कामा मायालुहरु
अगेनोले पोलेको मुटु पनि मुस्कुराउनु
गरागराहरुमा


धैर्यता देखेनौ आमाको दलिनमा
कालो धुवाका धर्साहरु
दुधको भार तिर्न मुग्लान पसेका लाहुरहरु
मुटुमा देशलाई गुमाउछन हररात
सपनामा खेलीरहन्छन चौतारिहरुमा


रातको चन्द्र होस या सुर्य
निलो आकासले नपुगेर
एक गरिवको घरमा बास माग्छ
त्यही दलिन माथी देशको झण्डा फरफराइरहेको हुन्छ

मेरो देश नेपाल हर झुपडीमा फुल्छ…..

लीव वियोण्ड लिमिटेशन्स
पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *