गजल



लक्ष्मी अधिकारी
कास्की , पाेखरा १९ पुरून्चाैर


बलत्कारमा परेकीलाई कैले आउछ नारी दिवस
भूर्ण मै हत्या भएकीलाई कैले आउछ नारी दिवस ??


जसलाई तीमीले बेश्या भन्छौनी भोकै मर्न नसकेर
आफ्नै शरीर बेचेकीलाई कैले आउछ नारी दिवस ??


दाइजो नल्याएको निहुमा चरम यातना सहन नसकेर
धमट्टितेल छर्केर जलेकीलाई कैले आउछ नारी दिवस??


जवानीमा नै पोइ मरेर सिन्दुर, पोते, चुरा अनी
भाग्य उनको फुटेकीलाई कैले आउछ नारी दिवस ??


घरभित्रै हुन्छन् नारी हिंसा, विभेद, शोषण अत्याचार
अन्याय सहेर बसेकीलाई कैले आउछ नारी दिवस ??


मासिक रजस्वला भए संगै अपवित्र हुन्छिन् उनी
छाउपडीमा सुतेकीलाई कैले आउछ नारी दिवस ??