दुई मुक्तक

रामजी प्रसाद आचार्य
पोखरा–१६, हरिपाऊ


ताई न तुईका भाषणले लोकप्रियता कमाउँछ ।
फाँसी हुनुपर्नेलाई सिहाशनमा चडाउँछन् ।।
ओ सरकार ! जो ब्रह्मलुटमा बिराजमान छ ,
किन ?उसैले बारम्बार नैतिकशिक्षा पढाउँछ ।।

जलेको गुलाफ भित्र प्रहार, जान्यौ या हान्यौ बुझ्नै सक्दिन ।
फुटेको सिसा भित्रको तस्बिर, छान्यौ या तान्यौ बुझ्नै सक्दिन ।।
पत्थरमा दिल हुँदैन भन्यौ, तर तिम्रो हातमा पत्थर छ,
यहि पत्थर भित्र प्रेम हुन्छ, ठान्यौ या मान्यौ बुझ्नै सक्दिन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *