नवलपरासीमा सवारी दुर्घटना हुँदा ६ जना घाईते

पोखरा ११ चैत्र ।
नवलपरासीको बिनयी त्रिबेणी गाँउपालिका वडा नं २ स्थित बिश्वकर्मा मन्दिर नजिकै आज सवारी दुर्घटना हुँदा  ६ जना घाईते भएका छन् ।


पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना६ख ६८५९ नम्बरको बस आफै अनियन्त्रित भई पल्टिदा बसमा सवार ६ जना घाईते भएका हुन् ।


बसमा रहेका रामग्राम नगरपालिका वडा नं १८ बस्ने वर्ष ३० की उमा खनाल, अन्दाजी १४ जना मध्ये प्युठान नगरपालिका वडा नं ७ बस्ने वर्ष ३५ कि बिन्दु परियार, लमई नगरपालिका वडा नं ५ बस्ने वर्ष ३६ का  हेमराज आचार्य, चिसापानी गाँउपालिका वडा नं १ बस्ने वर्ष ५० का मिन राना मगर, चौतारी गाँउपालिका वडा नं १० बस्ने वर्ष २९ की त्रिशा डाँगी र गुलरिया नगरपालिका वडा नं ९ बस्ने वर्ष १९ को विश्वराम चौधरी घाईते भई भएका हुन् ।


घाईतेहरुलाई उपचारको लागी दुम्किबास तर्फ पठाईएको छ ।  चालकलाई नियन्त्रणमा लिई घटनाको बिषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *