आज होली पर्व, हिमाली एवं पहाडी जिल्लामा मनाइँदै

पोखरा । रङहरुको पर्व होली (फागु) पर्व आज (बिहीबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका दिन आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली हर्षोल्लासका साथ मनाइने गरिन्छ।

हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईका जिल्लाहरुमा भने भोलि शुक्रबार मनाइन्छ ।

मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । यो वर्ष पनि २६ फाल्गुनमा बसन्तपुरमा चीर ठड्याएको थियो । उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।

होली पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *