आज महाशिवरात्रि पर्व मनाइँदै

पोखरा । आज महाशिवरात्रि पर्व, भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइन्छ ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।

शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *