आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस

पोखरा । ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । युवायुवतीले प्रेमि प्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल तथा विभिन्न उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् ।

‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो । यो दिवस अहिले विश्वभर चर्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *