लेखनाथ मार्केटिङ ग्रुपद्वारा आश्रममा सहयोग

लेखनाथ । लेखनाथ मार्केटिङ ग्रुप अफ एशोसियसनले एक आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

हिजो (शनिबार) पोखरा महानगरपालिका वडा नं. २७ सहेला पाखामा रहेको श्री कृष्ण बाल तथा वृद्ध आश्रममा करिब आठ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री, कपडा र एक थान ग्याँस सहयोग गरेको हो ।

साविकको लेखनाथ नगरपालिकालाई कर्म थलो बनाएर बजार व्यवस्थापन कार्य गर्दै आएका युवाहरुको समुह मिलेर तीन महिना अगाडि मात्रै गठन भएको उक्त ग्रुपले आश्रमका अध्यक्ष दुर्गा गौतमलाई शनिबार एक कार्यक्रमका बीच सहयोग गरेको हो ।

आश्रममा सहयोग गरेकोमा अध्यक्ष गौतमले मार्केटिङ ग्रुपलाई धन्यवाद दिए । उनले युवाहरुले आश्रममा सहयोग गरेर अन्य युवाहरुलाई पनि यस्ता काममा प्रेरणा थप्ने काम गरेको बताए ।

यस्तै आश्रममा सहयोग गर्न पाउदा आत्मा सन्तुष्टि मिलेको संस्थामा आवद्ध सदस्यहरुले बताएका थिए ।

संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुनिल ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *