भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

पोखरा । यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिले जनाएको छ ।

शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका गर्न समितिले सुझाएको छ ।

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *