आज बकर–इद

पोखरा । मुस्लिम समुदायको महान पर्व बकर ईद आज (बुधबार) मनाइँदै छ । बकर–इद पर्व रमजान (इद उल–फित्र) पछिको दोस्रो ठूलो पर्वका रुपमा मुस्लिमहरुले मनाउने गर्छन् ।

रमजान पर्वको ७० औँ दिनमा बकर–इद मनाइन्छ । यो पर्वमा नेपाली मुस्लिम धर्मावलम्बीहरुले नजिकैको मस्जिद इदगाहमा भेला भई नवाज पढेर एकआपसमा शुभकामना आदान प्रदान गर्दछन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।

बकर इदका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *