देशभर बदली, केही स्थानमा अति भारी वर्षा हुने

पोखरा । देशभर आज (बिहीबार) को मौसम बदली रही वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ भने तराई भू(भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एकरदुई स्थानमा मेघगर्जनर चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ। बाँकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ।

बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

धेरै वर्षा हुने स्थानहरुमा जोखिम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *