आजदेखि मनसुन थप सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । आज (बुधबार) देखि देशभर मनसुन थप सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको तथा तराई भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबिच, अविरल वर्षाका कारण पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *