आज राष्ट्रिय धान दिवस मनाइँदै

पोखरा । आज असार १५, राष्ट्रिय धान दिवस । यस दिन नेपाली समाजमा दहि चिउरा खाने पर्वका रुपमा लिइन्छ । यसवर्ष मनसुन सुरु भएसँगै पानी परेकाले देशभर छिटै रोपाइँ भएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन् । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

२०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *