मानव धर्मद्वारा आर्थिक तथा स्वास्थ सामग्री वितरण

पोखरा । पोखराको रानीपौवामा रहेको नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशले फ्रन्ट लाईनमा कार्यरत पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

द्ध जयन्तीको उपलक्ष्यमा पोखराको रामबजार, सराङ्गकोट तथा न्युरोडमा कार्यरत प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

विश्वभर कोभिड १९ को दोश्रो तथा तेस्रो भेरियन्ट फैलिरहेको अवस्थालाई मध्यनगर गर्दै पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई ४० लिटर सेनिटाईजर, ३० थान अक्ससिजन मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । सोहि अवसरमा समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा “अक्सिजन प्लान्ट” निर्माणका लागि रू एक्काईस हजार, एक सय पन्ध्र आर्थिक सहयोग पनि गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशका अध्यक्ष पिताम्बरा बाइजीले कोभिड १९ को बिषम परिस्थितिमा सेवा नै सबै भन्दा ठुलो धर्म रहेको बताउदै मानव सेवामा निरन्तर लागिरहने बताईन् ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी निषेधाज्ञामा घरमा सुरक्षित, संयम र उच्च मनोवलका साथ सचेत रहँदै मानविय सेवामा जोडिन पनि उनले आग्रह गरेकी छन् ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका समयमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको समितिले पहिलो निषेधाज्ञाको बेलामा पनि खाद्यान्न तथा राहत सामाग्रीहरु वितरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *