विश्वभर १६ करोड ३१ लाख बढीमा कोरोना संक्रमण, कुन देशमा कति संक्रमित?

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १६ करोड ३१ लाख ६२ हजार १३२ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख २७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा थप ११ हजार ८२२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३३ लाख ८३ हजार ५ पुगेको छ ।

हाल विश्वभर १४ करोड २५ लाख ६६ हजार ४७६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ८ लाख २१ हजार २४६ जना निको भएका हुन् ।

विश्वभर १ करोड ७२ लाख १२ हजार ६५१ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख २ हजार ९५३ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३६ लाख ९५ हजार ९१६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ७० लाख ९८ हजार ६२० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९९ हजार ८६३ पुगेको छ ।

हाल अमेरिकामा ५९ लाख ९७ हजार ४३३ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार १६ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा २ करोड ७ लाख ८९ हजार ३८ जना निको भएका छन् भने २ लाख ७० हजार ३१९ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ३६ लाख २३ हजार ७०८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ५५ लाख ९० हजार ६१३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ४० लाख ६२ हजार ३९६ जना निको भएका छन् भने ४ लाख ३४ हजार ८५२ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १० लाख ९३ हजार ३६५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *