देशभर थप ८ हजार १६७ जनामा कोरोना संक्रमण, १८७ को मृत्यु

पोखरा । देशभर गत २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये ३ लाख ३३ हजार १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, गत २४ घण्टामा थप १८७ संक्रमितको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

हाल नेपालमा १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६७५ जना छन् ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा १८ हजार ५४८ परिक्षण भएको छ भने हालसम्म २७ लाख ५१ हजार ४८१ परिक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *