गण्डकीमा शनिबार थप ७७० जनामा कोरोना संक्रमण, १४ को मृत्यु पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आज शनिबार थप ७७० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार गण्डकीका ८ वटा जिल्लाका गरी ७७० जनामा कोरोना पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा म्याग्दीका २३० जना, कास्कीका १६८ जना, नवलपुरका १४७ जना, बाग्लुङका ७९ जना, तनहुँका ५८ जना, गोरखाका ४९ जना, स्याङ्गजाका २१ जना, पर्वतका १८ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २७ हजार ४०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ३३५ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोनाले थप १४ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत १२ जना, होम आइसोलेसनमा एक जना र गोरखा अस्पताल गोरखामा उपचाररत एक जना छन् ।

ज्यान गुमाउनेमा कास्कीका ६ जना, पर्वतका ३ जना, स्याङ्जाका २ जना, म्याग्दी, गोरखा र तनहुँका १/१ जना संक्रमित छन् ।

यससँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५५ पुगेको निर्देशनालयले जनाएको छ।

हाल प्रदेशभर ७ हजार ७१५ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ७ हजार ६०२ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १ हजार ३४२ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ६२ हजार १७३ नमुना परिक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *