विश्वभर १६ करोड २५ लाख बढीमा कोरोना संक्रमण, कुन देशमा कति संक्रमित?

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १६ करोड २५ लाख २२ हजार ८ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख ९२ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा थप १२ हजार ५३७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३३ लाख ७० हजार ७८८ पुगेको छ ।

हाल विश्वभर १४ करोड १४ लाख ५३ हजार २९७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ८३ हजार ४९ जना निको भएका हुन् ।

विश्वभर १ करोड ७६ लाख ९७ हजार ९२३ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ३ हजार ६०७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३६ लाख ६४ हजार १३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ६७ लाख १२ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९९ हजार ३१४ पुगेको छ ।

हाल अमेरिकामा ६३ लाख ५१ हजार ८७८ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ३४६ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ४३ लाख ७२ हजार २४३ं पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा २ करोड ४ लाख २६ हजार ३२३ जना निको भएका छन् भने २ लाख ६६ हजार २२९ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ३६ लाख ७९ हजार ६९१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ५५ लाख २१ हजार ३१३ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ४० लाख २८ हजार ३५५ जना निको भएका छन् भने ४ लाख ३२ हजार ७८५ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १० लाख ६० हजार १७३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *