यस्तो छ आजको मौसम पूर्वानुमान!

पोखरा । देशका अधिकांश स्थानमा आज शनिबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेने छ।

प्रदेश नं १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *