पोखरा । देशभर गत २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये ३ लाख २७ हजार ६५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, गत २४ घण्टामा थप २०३ संक्रमितको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
हाल नेपालमा १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५१६ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २१ हजार ४७८ परिक्षण भएको छ भने हालसम्म २७ लाख ३३ हजार ५१० परिक्षण भएको छ ।