गण्डकीमा शुक्रबार थप ६८० जनामा कोरोना संक्रमण, २३ को मृत्यु पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार थप ६८० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार गण्डकीका ९ वटा जिल्लाका गरी ६८० जनामा कोरोना पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका ३०६ जना, नवलपुरका ८७ जना, गोरखाका ७४ जना, पर्वतका ६१ जना, म्याग्दीका ५२ जना, लमजुङका ४६ जना, तनहुँका २७ जना, स्याङ्गजाका २३ जना र बाग्लुङका ४ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।

आज पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २६ हजार ६३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ३५ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोनाले थप २३ जनाको मृत्यु पुष्टि भएको छ ।

आज मृत्यु पुष्टि हुनेमा पोखराका विभिन्न अस्पतालमा उपचाररत २२ जना र धौलागिरी अस्पताल बाग्लुङमा उपचाररत एक जना छन् ।

ज्यान गुमाउनेमा कास्कीका १० जना, स्याङ्जाका ६ जना, बाग्लुङ र तनहुँका ३/३ जना तथा पोखरामा उपचाररत पाल्पा जिल्लाका एक जना संक्रमित छन् ।

यससँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४१ पुगेको निर्देशनालयले जनाएको छ।

हाल प्रदेशभर ७ हजार २५७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ७ हजार ११ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १ हजार ७५८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ६० हजार ८३१ नमुना परिक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *