विश्वभर १६ करोड १८ लाख बढीमा कोरोना संक्रमण, कुन देशमा कति संक्रमित?

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १६ करोड १८ लाख २० हजार ८८ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ७ लाख ४३ हजार १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, गत २४ घण्टामा थप १३ हजार ३९८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३३ लाख ५८ हजार २०० पुगेको छ ।

हाल विश्वभर १४ करोड ६ लाख ५३ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ८ लाख ४ हजार १८४ जना निको भएका हुन् ।

विश्वभर १ करोड ७८ लाख ८ हजार ४३४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ४ हजार २३१ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३६ लाख २६ हजार ९७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ६६ लाख ६७ हजार १९९ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९८ हजार ५४० पुगेको छ ।

हाल अमेरिकामा ६३ लाख ६० हजार ३५८ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ६११ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा २ करोड ७३ हजार ३६७ जना निको भएका छन् भने २ लाख ६२ हजार ३५० जनाको मृत्यु भएको छ ।

हाल भारतमा ३७ लाख १० हजार ४०३ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ५४ लाख ३६ हजार ८२७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ३९ लाख ७९ हजार ३२९ जना निको भएका छन् भने ४ लाख ३० हजार ५९६ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १० लाख २६ हजार ९०२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *