पोखरा । देशभर गत २४ घण्टामा थप ८ हजार ९६० जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीमध्ये ३ लाख २१ हजार ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, गत २४ घण्टामा थप २१४ संक्रमितको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।
हाल नेपालमा १ लाख ५ हजार २०७ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ४९७ जना छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालमा २० हजार २४५ परिक्षण भएको छ भने हालसम्म २७ लाख १२ हजार ५६२ परिक्षण भएको छ।