पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड ८९ लाख ५९ हजार ७५० पुगेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ६ लाख ४९ हजार १४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टामा थप १० हजार २०६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३३ लाख ६ हजार ५३२ पुगेको छ ।
हाल विश्वभर १३ करोड ७३ लाख ८० हजार ६५९ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ४६ हजार ४९८ जना निको भएका हुन् ।
विश्वभर १ करोड ८२ लाख ७२ हजार ५५९ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार १५२ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३४ लाख ७६ हजार ७८१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ६४ लाख ३९ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९५ हजार ८१२ पुगेको छ ।
हाल अमेरिकामा ६४ लाख ४१ हजार २५७ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ९७७ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जना निको भएका छन् भने २ लाख ४६ हजार १४६ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ३७ लाख ५० हजार ९९८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ५१ लाख ८४ हजार ७९० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ३७ लाख १४ हजार १३५ जना निको भएका छन् भने ४ लाख २२ हजार ४१८ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १० लाख ४८ हजार २३७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।