विश्वभर १५ करोड ७५ लाख बढीमा कोरोना संक्रमण, कुन देशमा कति संक्रमित?

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १५ करोड ७५ लाख २६ हजार ९६९ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ८ लाख ३६ हजार ४८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप १३ हजार ७२६ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३२ लाख ८३ हजार २३८ पुगेको छ ।

हाल विश्वभर १३ करोड ५७ लाख ९४ हजार ९६७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ७ लाख ६५ हजार ७३५ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८४ लाख ४८ हजार ७६४ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ८ हजार ५९७ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ३४ लाख १८ हजार ८२६ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ६३ लाख २४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ९४ हजार ९११ पुगेको छ ।

हाल अमेरिकामा ६४ लाख ९९ हजार १५८ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार १४० गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म भारतमा १ करोड ७९ लाख १७ हजार ८५ जना निको भएका छन् भने २ लाख ३८ हजार २६५ जनाको मृत्यु भएको छ ।

हाल भारतमा ३७ लाख ३१ हजार २६१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड ५० लाख ८७ हजार ३६० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ३६ लाख ४० हजार ४७८ जना निको भएका छन् भने ४ लाख १९ हजार ३९३ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १० लाख २७ हजार ४८९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *