नेपालमा थप १७९ जनामा कोरोना संक्रमण, १११ संक्रमणमुक्त

पोखरा । नेपालमा गत २४ घण्टामा थप १७९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीमध्ये २ लाख ७२ हजार ९६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पनि थप १११ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले मृत्यु भएको छैन ।

हाल नेपालमा १ हजार ६४७ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ६१ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ५६५ परिक्षण भएको छ भने हालसम्म २२ लाख ७९ हजार १०५ परिक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *