सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

पोखरा । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सयले बढेको हो ।

आज छापावाला सुन तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९५० रहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *