पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ करोड ७७ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि थप ४ लाख ८५ हजार ७३२ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १२ करोड ७७ लाख ६२ हजार २२८ पुगेको छ ।
तीमध्ये १० करोड २९ लाख ४६ हजार ५४६ संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा थप ३ लाख ७० हजार ५० जना निको भएका हुन् ।
यस्तै, गत २४ घण्टामा ६ हजार ७८९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ८६८ पुगेको छ ।
विश्वभर २ करोड २० लाख १९ हजार ८१४ सक्रिय संक्रमित छन् । ती मध्ये ९३ हजार ६१९ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ९ लाख ६२ हजार ८०३ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ३४ लाख १० हजार ८८४ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ६२ हजार ५२६ पुगेको छ ।
हाल अमेरिकामा ६९ लाख ८९ हजार ३९३ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ५४६ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड २५ लाख ३४ हजार ६८८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ९ लाख १२ हजार ९४१ जना निको भएका छन् भने ३ लाख १२ हजार २९९ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १३ लाख ९ हजार ४४८ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड १३ लाख ५३ हजार ७२७ जना निको भएका छन् भने १ लाख ६१ हजार ८८१ जनाको मृत्यु भएको छ ।
हाल भारतमा ५ लाख २३ हजार ६०२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।