पोखरा । रंगहरुको पर्व होली आज सोमबार तराईमा हर्षोल्लासका साथ मनाइँदै छ। पहाडी क्षेत्रमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने प्रचलन छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ। तराईमा आज रंग अवीर दलेर, शुभ-कामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै मनाउने गरिन्छ।
यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ ।