पोखरा । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आइतबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
अहिले बिहान देशको पाहाडी भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
अपराहन्न पश्चात देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही अपराहन्न पश्चात एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।