नेपालमा थप ८५ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

पोखरा । नेपालमा देशभर गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७६ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९७ हजार २११ जना महिला र १ लाख ७९ हजार ५३९ पुरुषमा कोरोना संक्रमण भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि थप ९३ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा १ हजार २८८ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ५९ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ७४५ परिक्षण भएको छ भने हालसम्म २२ लाख ५९ हजार ४५ परिक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *