पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १२ करोड ३४ लाख नाघेको छ ।
वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ६ हजार ९०१ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १२ करोड ३४ लाख २३ हजार ६३६ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा ८ हजार १२७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख २१ हजार ४११ पुगेको छ ।
हालसम्म विश्वमा ९ करोड ९४ लाख १० हजार ८५२ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ५४ हजार ६० जना निको भएका हुन् ।
विश्वभर २ करोड १२ लाख ९१ हजार ३७३ सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार २९३ गम्भिर बिरामी छन् ।
यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ४ लाख ८२ हजार १२७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २६ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५४ हजार ८७१ पुगेको छ ।
हाल अमेरिकामा ७२ लाख ४३ हजार ६३९ सक्रिय संक्रमित छन् । ती मध्ये ८ हजार ७३२ गम्भिर बिरामी रहेका छन् ।
अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १९ लाख ५० हजार ४५९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ४ लाख १९ हजार ३९३ जना निको भएका छन् भने २ लाख ९२ हजार ८५६ जनाको मृत्यु भएको छ ।
हाल ब्राजिलमा १२ लाख ३८ हजार २१० सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।
त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १५ लाख ९८ हजार ७१० पुगेको छ ।
संक्रमितमध्ये भारतमा १ करोड ११ लाख २८ हजार ११९ जना निको भएका छन् भने १ लाख ५९ हजार ७९० जनाको मृत्यु भएको छ ।
हाल भारतमा ३ लाख १० हजार ८०१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेको वल्र्डोमिटर्सले जनाएको छ ।