आजको मौसम पूर्वानुमान!

पोखरा । देशका धेरै स्थानको मौसम आज आइतबार आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले मौसम प्रभावित रहेको हो ।

अहिले बिहान देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही देशको बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १ को पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *