नेपालमा थप ७९ जनामा कोरोना पुष्टि, ८२ संक्रमणमुक्त

पोखरा । नेपालमा गत २४ घण्टामा थप ७९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७५ हजार ८२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ८३५ जना महिला र १ लाख ७८ हजार ९९४ पुरुषमा कोरोना संक्रमण भएको हो ।

हालसम्म नेपालमा २ लाख ७१ हजार ८१५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८२ जना संक्रमणमुक्त भएका हुन् ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ३ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भने कसैको पनि कोरोनाले ज्यान गएको छैन।

हाल नेपालमा ९९८ जना सक्रिय संक्रमित छन् । क्वारेन्टीनमा ४७ जना छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालमा २ हजार ६३७ परिक्षण भएको छ भने हालसम्म २२ लाख ३३ हजार ३४५ परिक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *