विश्वभर १२ करोड २८ लाख बढीमा कोरोना संक्रमण

पोखरा । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १२ करोड २८ लाख नाघेको छ ।

वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा थप ५ लाख ५ हजार ९१४ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १२ करोड २८ लाख ७१ हजार ९१३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ९ हजार ७०४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ लाख १२ हजार ६५२ पुगेको छ ।

हालसम्म विश्वमा ९ करोड ९० लाख २८ हजार ३७१ जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ७५ हजार ३७ जना निको भएका हुन् ।

विश्वभर २ करोड ११ लाख ३० हजार ८९० सक्रिय संक्रमित छन् । ती मध्ये ८९ हजार ३३२ गम्भिर बिरामी छन् ।

यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड ४ लाख २५ हजार ७८७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड २६ लाख १० हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५४ हजार १०४ पुगेको छ ।

हाल अमेरिकामा ७२ लाख ६१ हजार ३५८ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ६५ गम्भिर बिरामी रहेका छन् ।

अमेरिका पछि दोस्रो धेरै कोरोना फैलिएको मुलुक ब्राजिलमा संक्रमितको संख्या १ करोड १८ लाख ७७ हजार ९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ब्राजिलमा १ करोड ३ लाख ८३ हजार ४६० जना निको भएका छन् भने २ लाख ९० हजार ५२५ जनाको मृत्यु भएको छ ।

हाल ब्राजिलमा १२ लाख ३ हजार २४ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ३१८ जना गम्भीर बिरामी रहेका छन् ।

त्यस्तै, तेस्रो धेरै कोरोना फैलिएको मुलुक भारतमा संक्रमितको संख्या १ करोड १५ लाख ५४ हजार ८९५ पुगेको छ ।

संक्रमितमध्ये भारतमा १ करोड ११ लाख ५ हजार १४९ जना निको भएका छन् भने १ लाख ५९ हजार ५९४ जनाको मृत्यु भएको छ ।

हाल भारतमा २ लाख ९० हजार १५२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *