आज देशभरको मौसम कहाँ कस्तो रहन्छ?

पोखरा । देशका पहाडी क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण केही स्थानमा मौसम प्रभावित भएको हो ।

अहिले बिहान देशका केही पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै, राति देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *