पहाडी क्षेत्रमा बदली, वर्षा र हिमपात हुने

पोखरा । देशभरका पहाडी क्षेत्रको मौसम आज बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले बिहान अहिले देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो प्रदेश १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *