नेपालमा थप ८९९ जनामा कोरोना पुष्टि, १३५९ संक्रमणमुक्त

पोखरा । नेपालमा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा १३५९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाले १६८९ जनाको मृत्यु भएको छ । २४ घण्टामा देशभर १५ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका छन् । हाल क्वारेन्टीनमा ५१९ जना रहेका छन् ।

गत २४ घण्टामा ५२४२ परिक्षण भएको छ भने हालसम्म १८ लाख २५ हजार ८६० परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *