नेपालमा थप १०४४ जनामा कोरोना पुष्टि, ११ को मृत्यु

पोखरा । नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६३३ जना पुरुष र ४११ जना महिला गरी १ हजार ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । यो कुल संक्रमितको ९४.४ प्रतिशत हो ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र देशभर ११ जना संक्रमितको मृत्यु भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । क्वारेन्टीनमा रहनेको संख्या ५१९ जना रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४१४ परिक्षण भएको छ भने हालसम्म देशभर १८ लाख २० हजार ६१८ परिक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *