केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । देशभरको मौसम शुक्रबार (आज) आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेकोे मौसमविदले बताएका छन् ।

अहिले बिहान प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य भएको छ । अन्य भू–भागहरुमा आंशिक बदली रहेको छ ।

शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भ–भागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू–भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *