आज देशका धेरै स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने

पोखरा । बुधबार (आज) देशका धेरै स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका छ ।

अहिले बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू–भागहरु र प्रदेश २ मा आंशिक बदली रहेको छ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली हुनेछ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *