आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २४ गते बुधबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर ९ तारिक, नवमी तिथि, उत्तरफाल्गुनी नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा कन्या राशीमा छन्, सुर्योदय बिहान ०६ः४४ सुर्यास्त साँझ ०५ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा दक्षिण र पूर्व, उत्तम समय बिहान १०ः३९ देखि ११ः५७ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट नगन्य लाभ हुनेछ, काममा अवरोध तथा विश्वासीलो पात्र बाट धोका हुन सक्छ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यापार व्यवसायमा उचित लाभ हुनेछ, आम्दानीका स्रोतहरु बढ्नेछन्, विदेश यात्राको योग देखिन्छ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा) कारोबारमा लाभ रहनेछ , सोचे जस्तो हुने देखिन्छ, काममा जश नमिल्दा मनमा खिन्नता छाउने छ ।।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय त्यति उपयुक्त देखिदैन, दैनिक कार्यमा बाधा अनावश्यक धन खर्च तथा आँखामा समस्या रहला ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय खराब देखिन्छ, काममा अब्जस, आम्दानी भन्दा खर्च, पारिवारिक झमेला र रमाइलोमा मन जानेछ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धन, धर्म र भाग्यले साथ दिने समय छ, अधुरा काम बन्नेछन्, नयाँ सोचको उदय तथा व्यपारमा लाभ हुनेछ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानी भन्दा खर्च बढ्ने देखिन्छ, गरेका कार्यमा नोक्सानी, असुभ समाचार प्राप्ति तथा झमेला बढ्नेछ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) गरेका कामबाट उचित प्रतिफल मिल्नेछ, मान सम्मान एस आराम प्रतिष्ठामा वृृद्धि हुनेछ भने पारिवारिक शुख शान्ति मिल्ने देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भ्रममा पर्ने खालको समय छ, विवाद र झमेलाले अत्यायता पनि पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दैनिक व्यापार व्यवसायमा सफलता देखिन्छ, स्वास्थ्यमा सुधार तथा शुभ समाचार प्राप्तिले मान हर्षित रहनेछ ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)अधुरा अपुरा कार्यहरु सरल तरिकाले बन्नेछन् व्यापार व्यवसायमा नगन्य लाभ रहने छ, शुभ यात्राको योग देखिन्छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)स्वास्थ्यमा समस्या रहन सक्छ, साना घाउ चोट भयको योग देखिन्छ, मानसिक अशान्तिले सताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *