नेपालमा थप १३८२ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

पोखरा । नेपालमा थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४६ महिला र ८३६ पुरुष गरी १ हजार ३८२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ४१२ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, ललितपुरमा ११३ जना, कास्कीमा ९७ जना, सुनसरीमा ७५ जना, भक्तपुर र चितवनमा ६९/६९ जना, कैलालीमा ६२ जना, मोरङमा ५५ जना, रुपन्देहीमा ५१ जना, बाँकेमा ३६ जना, कञ्चनपुरमा २८ र झापामा २५ जना, नवलपरासी पूर्वमा २४ जना, सिन्धुपाल्चोक र धादिङमा १८/१८ जना, दाङ र पाल्पामा १५/१५ जना, गुल्मी र बर्दियामा १४/१४ जना, बाग्लुङमा ११ जना, दोलखामा १०  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संखुवासभा, सप्तरी र सिन्धुपाल्चोकमा ९/९ जना, तनहुँ र बझाङमा ८/८ जना, लमजुङ, स्याङ्जा र अछाममा ७/७ जना, इलाम, सिराहा, मकवानपुर, गोरखा र नवलपरासीमा ६/६ जना, धनुषामा ५ जना, रामेछाप, अर्घाखाँची र डडेल्धुरामा ४/४ जना, सोलुखुम्बु, रुकुम पश्चिम र बैतडीमा ३/३ जना, उदयपुर, ओखलढुंगा, रौतहट, सर्लाही, रसुवा, पर्वत, सुर्खेत र बाजुरामा २/२ जना तथा धनकुटा, भोजपुर, पर्सा, नुवाकोट, कपिलवस्तु, प्युठान, रोल्पा, कालीकोट, सल्यान, हुम्ला र डोटीमा १/१ जनामा पनि कोरोना देखिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

गत २४ घण्टामा १ हजार ६२१ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ६३७ पुगेको छ । देशभर गत २४ घण्टामा मात्र २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।

२४ घण्टाको अवधिमा देशभरका प्रयोशालामा ८ हजार ९४७ परिक्षण भएको छ भने हालसम्म १७ लाख ९९ हजार ६८६ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *