आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २३ गते मंगलबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर ८ तारिक, अष्ठमी तिथि, पूर्वफाल्गुनी नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा सिंह राशीमा छन्, सुर्योदय बिहान ०६ः४४ सुर्यास्त साँझ ०५ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पूर्व, उत्तम समय बिहान १०ः३९ देखि दिउँसो ०१ः१५ सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा ढिला सुस्ती हुनेछ, सामाजिक कार्यबाट अवजश, पठनपाठनमा आलश्यता र व्यापार व्यवसायमा अल्प लाभ हुनेछ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समय उपयुक्त देखिन्न, अप्रत्यासित खर्च बढ्नेछ, काम भन्दा गफ बढी तथा व्यापार व्यवसायमा समस्या रहनेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा)समय उपयुक्त छ, आम्दानीका स्रोत बढ्नेछन्, यात्राको समय छ, काममा जश तथा शुभ समाचार प्राप्ति रहला ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम गर्ने जोश आएता पनि मानसिक अशान्ति रहनेछ, छोराछोरीसँग विवाद राज्यपक्षबाट असहयोग हुने समय छ ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वागत सत्कारमा दिन व्यतित हुनेछ, गरेका कार्यबाट उचित प्रतिफल मिल्नेछ भने सामाजिक पारिवारिक सहयोग मिल्नेछ ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)मानसिक अशान्तिले सताउनेछ, काममा हेलचक्रयाईले विवाद तथा झमेला हुनेछ, व्यापार व्यवसायमा मध्यम देखिन्छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)आरोग्यता वृद्धिले कामहरु बन्नेछन्, अप्रत्याशित धन तथा सम्मान मिल्नेछ, शुभ समाचार, मिष्ठान्न भोजनको योग छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) आफन्त भनिएका व्यक्तिसँग झमेला, मन चञ्चल अशान्ति, भएता पनि दैनिक कारोबारमा सुधार नै हुने देखिन्छ ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) शत्रु बढ्ने खालको समय छ, कामले विस्तारै गति लिएता पनि मनोबल घट्ने छ, व्यापार व्यवसायमा नगन्य लाभ रहला ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम नै देखिन्छ, खर्च गरे अनुसारको प्रतिफल आउने छैन, काममा ढिला सुस्ती भए तापनि शत्रु माथि विजय हुनेछ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)व्यापार व्यवसायमा लाभ हुनेछ, शुभ यात्राको समय देखिन्छ, मिठान्न भोजन तथा दाम्पत्य सुख मिल्ने छ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)स्वास्थ्यमा गडवडी हुनेछ, मानसिक अशान्तिले मनोबल घट्ने झमेला बढ्ने छ, अशुभ समाचा प्राप्ति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *