आजको दिन

-ज्यो.वास्तुशात्री रामजी प्रसाद आचार्य

मो.नंं. ९८५६०२०५८६

आजको पञ्चाङ्ग

श्री शाके १९४१ विक्रम सम्वत २०७७ मंसिर २२ गते सोमबार तदनुसार इवी सम्वत २०२० डिसेम्बर ७ तारिक, सप्तमी तिथि, मघा नक्षत्र, सूर्य वृश्चिक, चन्द्रमा सिंह राशीमा छन्, सुर्योदय बिहान ०६ः४३ सुर्यास्त साँझ ०५ः०७ बजे हुनेछ, आज यात्राका लागी शुभ दिशा उत्तर र पूर्व, उत्तम समय दिउँसो ०१ः१४ देखि बेलुका ०५ः०९ बजे सम्म रहनेछ ।

आजको राशिफल

मेष (Aries) : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय मध्यम नै देखिन्छ, नयाँ काम गर्ने जोश जागरमा वृद्धि हुनेछ, आर्थिक कारोबारमा सुधार हुनेछ ।

वृष (Taurus) : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)राजनैतिक तथा सामाजिक क्षेत्रमा सुधार, आफ्ना भन्नेहरुबाट धोका, आर्थिक समस्या देखा पर्नेछ ।

मिथुन (Gemini) : (का,की,कू,घ,ङ,छ,के,को,हा)दिन आफू अनुकूल रहने छ, मिष्ठान भोज प्राप्ति, यात्रा तथा शुभ समाचार प्राप्तिको योग छ ।

कर्कट (Cancer) : (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो छैन, स्वास्थ्यमा समास्या देखा पर्ला, नयाँ ठाउँको यात्रा नगर्नु र लेनदेनमा सम्यमित रहनु ।

सिंह (Leo) : (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय उपयुक्त देखिन्छ, आश मारेको कार्यमा सफलता, शुभ यात्राको योग तथा सुभ समाचार प्राप्ति रहला ।

कन्या (Virgo): (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)दैनिक कारोबारमा समस्या रहनेछ , सोचे विपरितको परिश्रमले मन उदाश रहने देखिन्छ ।

तुला (Libra) : (रा,री,रु,रे,रो,ता,ती,तू,ते)गन्यमान्यको सद्भाव रहनेछ, विपरित लिङ्गीबाट सहयोग हुने, प्रेममा सुमधुरता छाउने छ ।

वृश्चिक(Scorpio): (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समय उपयुक्त र उत्तम रहेको छ, व्यापार व्यवसायमा उचित लाभ हुनेछ शुभ समाचारले मन उत्साहित रहला ।

धनु (Sagittarius) : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पठनपाठनमा सुधार हुनेछ, सन्तान पक्षबाट सहयोग मिल्दा मन प्रफुल्ल रहला, गरेका काम सफल हुनेछन् ।

मकर (Capricorn): (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दिन झन्झटिलो देखिन्छ, शत्रु जनबाट बढी हस्तक्षेप रहदा खिन्नता छाउने छ । सजक रहनु होला ।

कुम्भ (Aquarius) : (गू,गे,गो,सा,सी,सू,से,सो,दा)अधुरा, अपुरा रोकिएर रहेका कामहरु बन्नेछन्, धन प्राप्ति तथा प्रेम सम्बन्धमा सुधार तथा शुभ समाचार प्राप्ति रहनेछ ।

मिन (Pisces): (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दिन ठिक ठिकै छ, पारिवारिक तथा मित्रजनबाट सहयोग मिल्नेछ, शत्रुहरुको पराजयले मन उत्साहित रहला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *